जनकपुरधाम उबासंघ निर्वाचन : मतगणना स्थगित, आन्दोलन गर्दा प्रहरीद्वारा लाठीचार्ज


जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएपनि मतगणनामा विवाद उत्पन्न भएको छ ।

शनिवार मध्यरातबाट मतगणना सुरु भएको थियो । मतपरिणाम अनुसार अध्यक्ष पदमा जितेन्द्र महासेठ र कोषाध्यक्षमा प्रमेश्वर साह विजयी भइसकेका छन् । तर मतपरिणाम घोषणा गरिएको छैन ।

स्रोतका अनुसार सदस्य र बरिष्ट उपाध्यक्षको मतपेटिकामा अतिरित्त मतपत्र फेला परेपछि विवाद उत्पन्न भएको छ । मतगणना स्थलमा केहि मानिसहरु टायर बालेर प्रदर्शन गर्दा प्रहरीले लाठीचार्ज गरेका छन् ।

आन्दोलनका कारण मतगणना स्थगित गरिएको छ । निर्वाचन समितिका संयोजक सन्तोष साहसँग प्रतिक्रिया लिन खोज्दा उनले केहि बोल्न मानेका छैन । अन्य पदाधिकारी पनि सम्पर्कमा आउन चाहेका छैन ।

प्रकाशित : २०७७ चैत्र २९, आईतवार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ