प्रदेश २ : झण्डै ६ महिनापछि प्रदेशसभा बैठक बस्दै


जनकपुरधाम । प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक सोमबार बस्दैछ । प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि बस्न लागेको हो ।

६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।

सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ । अन्य कार्यसूचीबारे दलका नेताहरुसँग छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो दलको नेता परिवर्तन गरेका छन् । एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई र माओवादीले भरत साहलाई चयन गरेको छ ।

दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि मण्डल संसदीय दलको नेता बनेका थिए । तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि ओली पक्षका मण्डललाई तत्कालीन माधव–प्रचण्ड समूहले पनि संसदीय दलको नेताबाट हटाएर महतोलाई नै नेता बनाएका थिए ।

प्रकाशित : २०७७ चैत्र ३०, सोमबार १०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ