नेशनल माईक्रोफाईनान्समा कार्यरत सिरहाका यादव तीन दिनदेखि वेपत्ता


लहान : सिरहाको बरियारपट्टी गाउँपालिका ५ जिझौलका शोमनाथ यादव तीन दिनदेखि वेपत्ता भएका छन् ।

धनुषाको धारापानीमा रहेको नेशनल माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडमा वरिष्ठ सहायक पदमा कार्यरत रहेका यादव गत शुक्रवार साँझ साढे ७ बजे सिरहाको बरियारपट्टी चौकवाट वेपत्ता भएका छन् । बरियारपट्टी चौकवाट वेपत्ता भएको छोराको खोजविन गरेपनि फेला नपरेको उनको बुबा हरि नारायण यादवले बताए ।

घटना सम्बन्धमा जानकारी प्राप्त भएको र थप अनुसंधान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र ३०, सोमबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ