जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं : सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

केही दिनअघि जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलका क्रममा ओलीले जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुद्दा फिर्ता लिन सहमति भएको थियो । सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।

सरकारले सबै २०८ जनाकै मुद्दा फिर्ता लिएको हो या केहीको मात्रै हो भन्नेबारे भने स्पष्ट भइरहेको छ । जसपाका केन्द्रीय सदस्य सुरेन्द्र झाले आफूहरुले बुझाएको सूचीमध्ये केहीको मुद्दा फिर्ता भएको जानकारी आएको बताए ।

– रातोपाटी

प्रकाशित : २०७८ बैशाख ६, सोमबार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ