कोरोना परीक्षण नै नगरी रिपोर्ट दिने महोत्तरी र सप्तरीसहितका ८ जना पक्राउ


काठमाडाैं । बैदेशिक रोजगारीमा जाने कामदारकाे स्वाब  परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

मंगलबार सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्जालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा झापा गौरादह नगरपालिका ७ घर भई हाल काठमाडाैं महानगरपालिका ३२ पेप्सीगोला बस्ने रायमाझी, सप्तरी राजबिराज नगरपालिका १३ घर भई हाल ललितपुर इमाडोल बस्ने यादव, महोत्तरी गौशाला नगरपालिका १ का प्रदि कुमार गिरी र महोत्तरी सोनाम गाउँपालिका ६ घर भई हाल सिनामंगल बस्ने अमनकुमार यादव रहेका छन् ।

प्रकाशित : २०७८ बैशाख ७, मंगलवार २१:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ