अमित मिश्राले उत्कृष्ट बलिङ गर्दा दिल्लीले मुम्बईलाई हरायो


काठमाडौं : आइपिएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित हात पारेको हो ।

मुम्बईले दिएको १३८ रनको सामान्य लक्ष्य दिल्लीले अन्तिम ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका लागि शिखर धवनले ४५ रन, स्टिभ स्मिथले ३३ रन र ललित यादवले नटआउट २२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो । उसका लागि ओपनर रोहित शर्माले ४४ रन जोडे ।

दिल्लीका अमित मिश्राको बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।मिश्राले रोहितसहित मुम्बईका चार ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए । उनले चार  विकेट लिँदा २४ रन खर्चिएका थिए ।

आभेश खानले २ विकेट लिए भने कागिसो राबाडा, मार्कस स्टोइनिस र ललित यावदले १-१ विकेट हात पारे । आइपिएलको अंक तालिकामा दिल्ली ६ अंक जोडेर दोस्रो स्थानमा छ भने चौथो स्थानको मुम्बईको ४ अंक छ ।

प्रकाशित : २०७८ बैशाख ८, बुधबार ०७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ