प्रदेश २ : १० रुपैया दिएर ७ वर्षकी वालिका बलात्कार गर्ने युवक पक्राउ


वीरगन्ज । ७ वर्षीय वालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्जमा एक युवक पक्राउ परेका छन् ।

पर्सा प्रहरीका अनुसार सोमबार घरमा कोही नभएको अवस्थामा आएर अफ्नै घरमा लगेर ती वालिकालाई युवकले बलात्कार गरेका थिए ।

पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् । उनले वालिकालाई १० रुपैयाँ दिएर फकाएर आफ्नै घरमा लगेर बलात्कार गरेको भन्दै अविभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकका सम्बन्धमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख ८, बुधबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ