सिरहामा आगलगीले राउतको घर ध्वस्त, १५ लाखको क्षति


लहान । सिरहाको मिर्चैया नगरपालिका ६ जीवामा बुधबार साँझ भएको आगलागीबाट ठूलो क्षति भएको छ । स्थानीय सन्तु राउतको घर पूर्णरुपमा जलेर ध्वस्त भएको हो ।

घर जलेपछि करिब १५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । विद्युतको तार सर्ट भई आगलागी भएको बताइएको छ । आगोले पोलेर राउतकी श्रीमती ३५ वर्षीया श्रीमती प्रमिलाको दाहिने हात पोलेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट आगलगी नियन्त्रणमा आएको छ ।

प्रकाशित : २०७८ बैशाख ९, बिहीबार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ