शौच गर्न निस्केपछि चट्याङ्ग लागेर महराको मृत्यू


गौर । शौच गर्न निस्केका बेला चट्याङ्ग लाग्दा रौतहटमा एक जनाको मृत्यू भएको छ ।

प्रहरीका अनुसार आज विहान गुजरा नगरपालिका ८ जयराजपुरमा रामलखन महराको चट्याङ्ग लागेर मृत्यु भएको हो । गुजरा नगरपालिका ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर पुगेका थिए ।

उनको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पताल लगिएको छ ।

प्रकाशित : २०७८ बैशाख ९, बिहीबार ११:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ