एमालेको स्थायी कमिटी गठन : गौतमलाई राखियो, नेपाल पक्षका कसैलाई राखिएन


काठमाडौं : नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको छ । बालुवारटारमा आज बसेको बैठकले पार्टीको स्थायी कमिटी गठन गरेको हो ।

स्थायी कमिटीमा वामदेव गौतम अटाएका छन् भने झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि समावेश गरिएको छैन ।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकले खारेज गरेको थियो

प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार १४:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ