लहानमा यूवकको शव भेटियो, हत्याको आशंका


सिरहा : लहान नगरपालिका ३ बलान नजिककै एक यूवक मृत अबस्थामा फेला परेका छन् ।

अन्दाजी ३०/३५ वर्षीय यूवक मृत फेला परेको र पहिचान खुल्न सकेको लहान प्रहरीले जनाएको छ । कसैले हत्या गरेर ति यूवकलाई फालेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी घटनास्थल पुगिसकेको छ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरी मृत यूवकको शव पोष्टमार्टमका लागि लहान अस्पताल लगिने बुझिएको छ ।

प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ