सिरहामा आगलागी हुँदा ६० लाख बढीको क्षति


लहान । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा शुक्रवार साझ करिब ५ बजे भएको आगलागीले लाखौको क्षति भएको छ ।

स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाइका ८ घर परिवारको धनमाल सम्पुर्ण रुपमा जलेर नष्ट भएको हो । सचिन्द्र साह , बिरेन्द्र साह , आनन्द साह , लाले साह , धिरेन्द्र साह , लछुराम साह र रामलोचन साहको घरमा रहेको आन्नपात , गरगहना , लत्ताकपडा , नगद , राईसमिल लगायत घरमा रहेको सम्पुर्ण सर- समान सहित करिब ६० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।

घरमा कोई नभएको बेला आचानक आगलागी भएको वडा नम्बर- २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताए । उनका अनुसार लहानबाट आएको बारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियोे ।

प्रकाशित : २०७८ बैशाख ११, शनिबार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ