रुपन्देहीमा बढ्यो संक्रमित : विद्यालय बन्द, सवारीसाधनमा जोरबिजोर प्रणाली


रुपन्देही : कोरोना संक्रमण बढ्न थालेपछि रुपन्देहीमा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि १४ वैशाखदेखि जिल्लाभित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जिल्लाका सबै स्थानीय तहका प्रमुखसँगको छलफलपछि जिल्लाभित्र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

बैठकले रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

विद्यालयमा सञ्चालित परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

प्रकाशित : २०७८ बैशाख १२, आईतवार १६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ