काठमाडौंबाट घर जानेलाई दुई दिनको समय, त्यसपछि निषेधाज्ञा


काठमाडौं । सरकारले निषेधाज्ञा गर्नुपूर्व संघीय राजधानीबाट नागरिकलाई आफ्नो घर जान दुई दिनको समय दिने भएको छ ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने जानकारी दिए ।

सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको बैठकले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।
कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा संक्रमणको अवस्थालाई ‘ब्रेक’ गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पराजुलीले बताए ।

स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपिल गरिएपनि मापदण्ड पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ ।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ