लालबन्दी नगरपालिका भित्रका सबै विद्यालय बन्द गरियो


सर्लाही । लालबन्दी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् ।

आइतबार बसेको सीसीएमसी निर्देशक समितिको निर्णयअनुसार वैशाख १४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि भैतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए ।

अधिकृत तिमल्सिनाले विद्यालय बन्द भए पनि भर्चुअल र अन्य माध्यमबाट भने पठनपाठन गराइने बताए । नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उनको भनाइ छ ।

जिल्लाका २० स्थानीय तहमध्ये लालबन्दी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रदेश २ का जिल्लाहरु पनि कोरोनाको गम्भीर चपेटामा परेपछि विद्यालयहरु बन्द गर्न थालिएको छ ।

प्रदेश २ का धनुषा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा विद्यालय बन्द भइसकेको छ । कोरोनाको दोस्रो लहरमा सबभन्दा बढी प्रभावित बालबालिका हुने भएकाले चिन्ता बढाएको छ ।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ