सोमबार थपिए ३ हजार ५५६ कोरोना संक्रमित


काठमाडौं । सोमबार मुलुकमा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २९३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

३७८ जना निको भएका छन् । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । मृतक संख्या ३ हजार १७६ पुगेको छ ।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ