महोत्तरीका घाईते बालकलाई उपचारका लागि ४० हजार सहयोग


टुडेखोज, जनकपुरधाम । विजुलीको पोल खस्दा खुट्टा भाँचिएर अस्पताल भर्ना भएका महोत्तरीका एक बालकलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका १ धिरापुरका राजु दासको चार वर्षीय छोरा राज दासलाई उपचारका लागि हेल्प मधेसी मलेसियाले आर्थिक सहयोग गरेको हो । हेल्प मधेसी नेपालका अध्यक्ष रामउदगार यादव र महिला अधिकारकर्मी सबिता यादवले बालकका आफ्न्तलाई ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

खुट्टा भाँचिएका ति बालकको काठमाडौंमा उपचार भइरहेको छ । तर आर्थिक अभावका कारण उपचार प्रभावित बनेको थियो । उपचारमा समस्या भएको जानकारी उक्त संस्थाका प्रतिनिधिहरुले पाएपछि रकम पठाएर सहयोग गरेको बताइएको छ ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ