लहान नगरपालिकाले गर्‍यो १३२ शिक्षकको सरुवा, शिक्षक संघ/संगठनद्वारा विरोध


सिरहा : लहान नगरपालिकाले शिक्षकहरुको सरुवा गरेपछि विरोध सुरु भएको छ । नगरपालिकाले आफैँले बनाएको ऐन अनुसार १३२ जना प्राथमिक शिक्षकहरुलाई सरुवा गरेको हो ।

नगरपालिकाले धमाधम शिक्षक सरुवा गर्न थालेपछि शिक्षकहरुको चार पेशागत संघरसंगठनहरुले सोमबार पत्रकार सम्मेलन गरी सरुवा कानून विपरित रहेको बताएका छन् ।

पहिलो चरणमा ०७७ चैत १३ गते नगरपालिकाले १३ जना शिक्षकहरुलाई सरुवा गरेको थियो । पछि फेरि दोस्रो चरणमा ०७८ बैशाख ९ गते ११९ जनालाई सरुवा गर्‍यो । यसरी सरुवा गरिएकोप्रति आपति र ध्यानाकर्षण भएको नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ र संघिय समाजवादी शिक्षक फोरमको लहान नगर समितिले जनाएको छ।

शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ वर्तमान अवस्थामा मौजुद रहेको, शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकलाई सरुवा गर्ने अधिकार अहिलेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइलाई रहेको नेपाल शिक्षक संघ लहान नगर अध्यक्ष अरविन्द कुमार दासले बताए । उनकाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११।२ (ज) मा आधारभुत र माध्यमिक शिक्षा सम्बन्धी केही अधिकार दिएको देखिन्छ तर शिक्षकहरुको सरुवा गर्ने अधिकार दिएको छैन् ।

राजनीति प्रतिशोध साधन नगरपालिकाले आफु खुशी सरुवा गरिरहेको आरोप शिक्षकहरुको संघ/संगठनहरुले लगाएको छ ।

यता, लहान नगरपालिकाका नगर शिक्षा समिति संयोजक राजकुमार साहले शैक्षिक सुधारका लागि शिक्षकहरुलाई सरुवा गरेको दावी गरेको छ ।

‘एउटै शिक्षक वर्षौसम्म एउटै विद्यालयमा बसेको छ । शैक्षिक अवस्था कमजोर भएको छ,’ उनले भने, ‘शिक्षामा परिवर्तन ल्याउन शिक्षक सरुवा आवश्यक देखिएको छ ।’

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ