ऊर्जामन्त्री रायमाझीलाई समात्यो कोरोना


टुडेखोज, काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ ।

गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्‌ ।

लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ