कोरोना संक्रमित पूर्वराजा शाह दम्पतीको उपचार अक्सिजन सपोर्टमा


काठमाडौं : कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखिएको छ ।

स्वासप्रश्वासको समस्या नहोस् भनेर उनीहरुलाई अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पतालले जनाएको छ । उनीहरु शनिबार दिउँसो अस्पताल भर्ना भएका थिए ।

पूर्वराजा दम्पतीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु नपरेको चिकित्सकको भनाई छ । तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको बताइएको छ ।

कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पती वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ