स्वास्थ्यकर्मी र चिकित्सकलाई बिदा नदिने सरकारको निर्णय


काठमाडौं । सरकारले स्वास्थ्यकर्मी एवं चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरको जोखिमको कारण अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि निर्देशन दिएको छ । कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ