नेपालमा पनि कोरोना भयावह रुप लिँदै, एकैदिन ४५ सय २४ जनामा संक्रमण


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको हो ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ