खाली सिलिन्डर नराख्न उपभोक्तालाई ग्यास उद्योगीको आग्रह


टुडेखोज, काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई खाली सिलिन्डर घरमा नराख्न आग्रह गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै संघले उपभोक्तालाई खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको हो । ग्यासको मौज्दात बढाउन उपभोक्तालाई खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको नेपाल एलपी ग्यासको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

‘उपभोक्ताले खाली सिलिन्डर भरेर राखे भने हामी पनि मौज्दात बढाउन सक्छौं,’ उनले भने, ‘बुलेट र भएका सिलिन्डर भरेर राख्छौं, ग्यासको अभाव चाहिँ हुदैँन ।’

सुरक्षा मापदण्ड अपनाएर ग्यास सहज रूपमा वितरण गरिने छ । ग्यास लगायत अन्य कुनै पनि अत्यावश्यक इन्धनको अभाव नहुने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

‘मागअनुसार बिक्री वितरण गरी मौज्दात राख्न हामीले सबै डिपोलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अभाव हुँदैन, आत्तिनु पर्दैन ।’

प्रकाशित : २०७८ बैशाख १५, बुधबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ