मुद्दा फिर्तापछि राजेन्द्र महतोको प्रतिक्रिया- सरकारमा जाने वातावरण बनिसक्यो


काठमाडौं : सरकारले मधेस आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिएपछि जसपा बरिष्ट नेता राजेन्द्र महतोले सरकारमा जाने वातावरण बनिसकेको प्रतिक्रिया दिएका छन् ।

उनले मुद्दा फिर्ता लिएर सरकारले विश्वासको वातावरण बनाएको बताए । उनले भने, ‘मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ । तर, अझैँ हाम्रा केही माग पुरा गर्न बाँकी रहेका छन् । त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ ।’

मुद्दा फिर्ता लिएकोमा नेता महतोले सरकारलाई धन्यवाद समेत दिए ।

सरकारले जसपा कार्यकर्तामाथि लागेको जघन्य अपराध सम्बन्धी मुद्दा भने अझै फिर्ता लिएका छैन । जसपा नेताहरुले मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएकाले अब अन्य मुद्दाहरु पनि फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ बैशाख १५, बुधबार २०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ