काठमाडौंमा सुरु भयो १५ दिने निषेधाज्ञा, सडक सुनसान


काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आजबाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु भएको छ ।

काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज (वैशाख १६ गते) बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । लकडाउन शुरु हुनु भन्दा अघि (बुधबार) बेलुकासम्ममा काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूले शुरुमा एक हप्ता (वैशाख २२) सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्काे एक हप्ता निषेधाज्ञा जारी गरिनेछ ।

काठमाडौंमा बिहीबारदेखि लागू भएको निषेधाज्ञामा ६ बुँदा थप (नयाँ सूचना)

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार ०७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ