धनुषामा ६० जनासहित देशभर झण्डै ५ हजार संक्रमित थपिए (हेर्नुस् विवरण)


काठमाडौंं : नेपालमा पछिल्लो २४ घण्टामा झण्डै ५ हजार कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन् ।

१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

यस्तो छ जिल्लागत विवरण

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १, झापामा ६५, ताप्लेजुङमा ८, धनकुटामा ३, भोजपुरमा १, मोरङमा १३७, संखुवासभामा १, सुनसरी ५४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ६०, पर्सामा १५०, बारामा ३०, महोत्तरीमा २४, रौतहटमा २१, सप्तरीमा ८, सर्लाहीमा २१ र सिरहामा १२ जनामा कोरोना पाइएको छ ।

बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार १२७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५१, चितवनमा १३०, दोलखामा ९, धादिङमा १७, नुवाकोटमा ३५, भक्तपुरमा १८२, मकवानपुरमा ४, रसुवामा ११, रामेछापमा १९, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा २१ र सिन्धुली २५ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११२, गोरखामा १९, तनहुँमा ९, नवलपरासी पूर्वमा २७, पर्वत ५, मनाङ १, म्याग्दी ५, लमजुङमा ९, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १८, कपिलवस्तुमा ४१, गुल्मीमा २६, दाङमा १८१, नवलपरासीमा ४१, पाल्पामा ८६, प्यूठानमा ११, बर्दियामा २४, बाँकेमा ४८९, रुकुम पूर्व ३, रुपन्देहीमा ५२८ र रोल्पामा ३ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा ३, जुम्ला १४, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ५, सल्यानमा १२, सुर्खेतमा १३६ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ६३, कैलालीमा ३३९, डडेल्धुरामा ८, डोटी ३५, दार्चुला २, बझाङमा ९, बाजुरामा १ र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ