डरलाग्दो प्रक्षेपण : नेपालमा एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने


काठमाडौं : नेपालमा एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।

मन्त्रालयले गरेको प्रेस व्रिफिङमा हाल बढिरहेको संक्रमणको दर नरोक्ने हो भने एक महिना पछि दैनिक एक लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै आएकी डा अर्पण श्रेष्ठले भनिन्, ‘अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलने दर एकदमै उच्च रहेको संकेत गर्छ, यही दरमा संक्रमण फैलिने हो र रोकथामका उपाय प्रभावकारी नहुने हो भने अबको एक महिनामा दैनिक दैनिक झण्डै एक लाख ९३ हजार संक्रमित हुनसक्ने देखिन्छ ।’

यही संख्यामा संक्रमण बढे यसअघि नेपालमा एक वर्षमा देखिएको संक्रमित संख्या अबको तीन महिनामा नै देखिने उनले आकलन गरिन् । त्यस्तै अब एक महिनामा दैनिक १४९ जनाको मृत्यु हुनसक्ने उशले बताइन् ।

अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी भएको उनको भनाइ छ । संक्रमितको दर अहिले नै ३० प्रतिशत माथि पुगिसकेको पनि उनले जनाकारी दिइन् । यो संक्रमित थपिने गति भारतको भन्दा तीव्र हो ।

एक जना व्यक्तिले दुई भन्दा धेरै व्यक्तिमा संक्रमण सारिरहेकाले अबका दिनमा संक्रमणको फैलावट हुने आधारहरू निकै बढाएको उनले बताएकी छन् ।

प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ