पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको निधन


जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनी प्रसादको निधन भएको छ । ८५ वर्षको उमेरमा उनको गएराति निधन भएको हो ।

अध्यक्ष यादवको कालगतिले नै निधन भएको बताइएको छ । गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार चौरसियाका अनुसार तीन दिनअगाडी उनी बेहोस् भएका थिए । त्यसपछि घरमै बसेका थिए । राति करिब २ बजे निधन भयो ।

उनी नेपाल संघीय समाजवादी पार्टीको टिकटबाट गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ०९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ