सबैला प्रहरी कार्यालय परिसरमै जसपाको धर्ना, यस्तो छ कारण


धनुषा : जनता समाजवादी पार्टीका सबैला नगर अध्यक्ष वैद्यनाथ राय उपर भएको सांघातिक हमला विरुद्ध जाहेरी दर्ताको माग गर्दै पार्टीको नगर कार्यसमिति ईलाका प्रहरी कार्यालय सबैलामा धर्ना बसेको छ ।

गत फागुन १ गते भएको उक्त घटनामा संलग्न विरुद्ध पीडितले दिएको किटानी जाहेरी ७६ दिन बितिसक्दा पनि दर्ता नगरिए पछि बाध्य भएर धर्ना बस्नु परेको रायले बताए । घ

टना लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले जाहेरीमा उल्लेखित व्यक्तिहरुको संलग्नता पुष्टि गरिसकेपनि ईलाका प्रहरी कार्यालयका इन्चार्जले दर्ता गर्न नमानेको रायको आरोप हो । उनले जाहेरी दर्ता गरि दोषीलाई कार्वाही गर्न माग गरे ।

घटना भएको साढे दुई महिना बितिसक्दा पनि जाहेरी दर्ता गरि प्रक्रियामा अगाडि बढ्नुपर्नेमा उल्टै दोषीलाई प्रोत्साहित गर्ने काममा प्रहरीको सक्रियता देखिइरहेको उनको गुनासो छ ।

प्रहरीले दोषीलाई नियन्त्रणमा लिन ढिलाइ गर्नु र दोषीले पीडितलाई नै खुलेयाम धम्की दिँदै आएको छ । रायले प्रहरीको रबैया विरुद्ध थप सशक्त आन्दोलन गर्ने बताउँदै सो क्रममा कुनै क्षति भए स्वयं प्रहरीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ