जनकपुरको मालपोत र नापी कार्यालय आइतवारदेखि बन्द रहने


जनकपुरधाम : भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले मुद्दाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको प्रकोपबाट बच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए ।

जोखिम नियन्त्रण गर्न भीडभाड कम गरी कार्यालय संचालन गर्ने व्यवसथा मिलाउँदासमेत भीड बढ्दै गएकाले सेवा बन्द गर्नुपरेको मालपोत कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी आइतबारदेखि नापी कार्यालय धनुषाले समेत आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ । अर्को सूचना नआउन्जेलसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थागित गरिएको नापी अधिकृत विन्देश्वर यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ