प्रदेश २ : गोली फायर गर्दै पेट्रोल पम्पमा लुटपाट


जनकपुरधाम : सर्लाहीको एक पेट्रोल पम्पमा गोली फायर गरी आज साँझ लाखौं लुटपाट भएको छ । पर्सा गाउपालिका २ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प)मा शुक्रबार साँझ डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।

पर्सा गाउपालिका ३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाँकाका समूहले हवाई फायर गर्दै लाखौं लुटेर फरार भएका हुन् । संचालकको अनुसार लुटेराहरूले १० लाख रकम लगेका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले भने लुटेराहरुले चार लाख रुपैयाँ लुटेर भागेका जानकारी दिए । घटनास्थलबाट गोलीको खोकासमेत बरामद भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : २०७८ बैशाख १८, शनिबार ०६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ