ईश्वरको कृपाले कोरोना रिपोर्ट नेगेटिभ आयो : मंत्री सोनल


जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मंत्री सोनलले सामाजिक संजालमा आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । विगत चार/पाँच दिनदेखि उच्च ज्वरो र रुघाखोकी लागेका कारण उनी होम आइसोलेशनमा बसेका छन् ।

उनले भनेका छन्, ‘दुई/तीन दिनपछि पुन: तदारुकताका साथ काममा फर्किन्छु ।’ इश्वरको कृपा र  अग्रजको आशिर्वाद र शुभेच्छुकको कामनाले पिसिआर रिपोर्ट नेगेटिभ आएको उल्लेख गरेका छन् ।

पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको छ ।

प्रकाशित : २०७८ बैशाख १९, आईतवार ०८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ