कोरोनाबाट संविधानसभा सदस्य चौधरीको निधन


कैलाली : कोरोना भाइरसको संक्रमणबाट दोस्रो संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।

लम्कीचुहा नगरपालिका ६ घर भएकी चौधरीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि धनगढी लैजाने क्रममै उनको निधन भएको बताइएको छ ।

नेकपा एमालेको कोटाबाट चौधरी दोस्रो संविधानसभा सदस्य भएकी थिइन् । पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रकाशित : २०७८ बैशाख १९, आईतवार १५:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ