महोत्तरीमा पनि वैशाख २२ गते विहानदेखि निशेधाज्ञा


जनकपुरधाम : महोत्तरीमा पनि वैशाख २२ गते विहानदेखि निशेधाज्ञा लगाउने निर्णय गरिएको छ ।

जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र  (डीसीसीएमसी)ले महोत्तरी जिल्लाभर निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २२ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९ दिनका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धनुषामा भने वैशाख २१ गतेबाटै निशेधाज्ञा जारी गर्ने निर्णय यस अघि नै भइसकेको छ ।

पछिल्लो समय महोत्तरी र धनुषामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि निशेधाज्ञा जारी गर्नुपरेको अधिकारीहरु बताउछन् ।

प्रकाशित : २०७८ बैशाख १९, आईतवार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ