लुम्बिनी प्रदेश : जसपाका पदमुक्त दुई सांसद पुनः बने मन्त्री


रूपन्देही : लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्तोष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बाँकेका बिजय बहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।

पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित : २०७८ बैशाख १९, आईतवार २१:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ