लुम्बिनीमा उथलपुथल : दुई स्वतन्त्र सांसद एमालेमै फर्किए


टुडेखोज, रुपन्देही : लुम्बिनी प्रदेशको राजनीतिक उथलपुथल जारी छ । आईतवार दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका शंकर पोखरेलको विरुद्धमा उभिएका दुई स्वतन्त्र साँसद आज समर्थन गरेका छन् ।

सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र साँसदद्वय धर्मवहादुर लाल श्रीवास्तव र अजय शाहीले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने स्पष्ट पारेका छन् । श्रीवास्ताव कपिलबस्तु २ ‘ख’ र शाही नवलपरासी पश्चिम १ ‘ख’बाट निर्वाचित साँसद हुन् ।

उनी दुवै साँसद आज संयुक्त विज्ञप्ति निकाल्दैं आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् । आइतबार यी दुई सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा उभिएका थिए ।

यी दुई साँसद विपक्षमा उभिदा अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले अब पुनः बहुमत प्राप्त गरेका छन् । अब लुम्बिनीका प्रतिपक्षी दलहरु भने समस्यामा पर्ने निश्चित भएको छ ।

प्रतिपक्षी दलले मुख्यमन्त्री पोखरेललाई हटाउन नसक्ने परिस्थिति २४ घण्टा नवित्दै सृजना भएको छ ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ