सिरहा सिडिओ कार्यालय आजबाट बन्द (सूचनासहित)


गणेश साह, सिरहा : जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) सिरहा आजबाट बन्द भएको छ । राजश्व संकलन काउन्टरका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय अनिश्चितकालका लागि बन्द भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सूचना जारी गरेर अत्यावश्यक बाहेकका सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताएका छन् । उनले कार्यालय बन्दबाट सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमा मागेका हुन् ।

एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयका अन्य सबै कर्मचारीको पिसिआर परीक्षण गराउने प्रजिअ कर्णको भनाई छ ।

हेर्नुस् सूचना :

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ