जनकपुरसहित धनुषा जिल्लाभर निषेधाज्ञा सुरु


सिबेन्द्र रोहिता, जनकपुरधाम । जनकपुरसहित धनुषा जिल्लाभर आजदेखि निषेधाज्ञा सुरु भएको छ । कोरोना महामारीले भयावह रुप लिन थालेपछि डीसीसीएमसी धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा सुरु भएपछि जनकपुरसहित धनुषा जिल्लामा सवारी साधन चलेका छैन । अत्यावश्यक सवारी साधनमा भने रोक लगाइएको छैन । बजार ठप्प छ । मानिसहरुको चहलपहल देखिएको छैन । निषेधाज्ञामा भीडभाड गर्न नपाउने भएकाले कोरोना संक्रमण घट्ने विश्वास छ ।

डीसीसीएमसीको शनिवार बसेको बैठकले आज विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाको अवधिमा विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि प्रशासनसँग अनुमति लिनुपर्ने हुन्छ ।

प्रकाशित : २०७८ बैशाख २१, मंगलवार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ