रौतहटमा ३६८ जनाको PCR परीक्षण गर्दा १८५ मा कोरोना पुष्टि


टुडेखोज, रौतहट : प्रदेश २ को रौतहटमा ३६८ जनाको पिसिआर परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आज फेला परेको संक्रमितमध्ये १० जना सक्रिय संक्रमित छन् । योसँगै रौतहटमा सक्रिय संक्रमितको संख्या १६५ पुगेको छ । जसमा ४४ जना महिला रहेकी छन् ।

कोरोनाको दोस्रो लहर सुरुभएपछि सिमा नाकाबाट १८ सय १२ जना रौतहटमा प्रवेश गरेका छन् । मंगलवार महादेवपट्टी नाकाबाट ५ जना र बंकुल नाकाबाट ४ जना प्रवेश गरेका हुन् ।

प्रकाशित : २०७८ बैशाख २१, मंगलवार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ