महोत्तरी जिल्लाभर ९ दिनका लागि निषेधाज्ञा, के गर्ने/ के गर्न नपाइने ? हेर्नुस्


जनकपुरधाम : कोरोना रोकथाम तथा नियन्त्रणका लागि महोत्तरी जिल्लाभर आजदेखि ९ दिनका लागि निषेधाज्ञा जारी भएको छ ।

आज विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको डीसीसीएमसी महोत्तरीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञाको अवज्ञा गरी हिड्डुल गर्ने र भीडभाड गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गरिनेछ ।

निषेधाज्ञामा अवधिमा पनि बैंक तथा वित्तिय संस्था सुचारु रहनेछ । सार्वजनिक यातायात (बस, ट्याक्सी, जीप, टेम्पो लगायत) र निजी सवारी साधन चल्ने छैन ।

बैवाहिक कार्यक्रममा दुलाहा–दुलही सवार सवारी समेत बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चल्न दिने निर्णय गरिएको छ ।

हेर्नुस् जिल्ला प्रशासन कार्यालय महोत्तरीको विज्ञप्ती :

प्रकाशित : २०७८ बैशाख २२, बुधबार ११:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ