कोरोना संक्रमितका लागि बेड चाहियो ? यी नम्वरमा फोन गर्नुस्


टुडेखोज, काठमाडौं :

कोरोना संक्रमितका लागि बेड समेत पाइरहेको छैन । यस्तो अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेडका लागि सम्पर्क नम्वर सार्वजनिक गरेको हो ।

कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।

बिरामीका लागि बेड चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह सूचनामार्फत मन्त्रालयले गरेको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पछिल्लो समय नेपालमा पनि कोरोनाले भयावह रुप लिन थालेको छ । कतिपय संक्रमितलाई अस्पतालले भर्ना नलिदा ज्यान नै गुमाउनु परेको अवस्था सृजना भएको छ ।

तीनदिन अगाडी मात्रै धनुषामा उपचार नपाएर एक विरामीको मृत्यू भएको थियो ।

प्रकाशित : २०७८ बैशाख २३, बिहीबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ