Breaking- सिरहाका एक गाउँपालिका प्रमुख र ३ कर्मचारीमा कोरोना पुष्टि


लहान : सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादव र तीन कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

भगवानपुर गाउँपालिकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भैरहेको छ । सम्पर्क व्यक्तिहरुलाई क्वारेन्टिन बस्न भनिएको यादवले बताए ।

सक्रिय संक्रमितको संख्या थपिँदै गएपछि सिरहामा साँझ ५ बजेपछि बजार खोल्न प्रशासनले रोक लगाएको छ । जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरिएको छ ।

हटियालगायत भीडभाड हुने कार्यक्रममा पूर्णतः रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । 

सप्तरीमा सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले शनिबारबाट राजविराज बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सक्रिय संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि बुधबारबाट महोत्तरीमा निषेधाज्ञा जारी गरिएको छ । मंगलबारबाट धनुषा प्रशासनले जिल्लाभर निषेधाज्ञा छ ।

पर्सामा गत बिहीबारबाट नै निषेधाज्ञा जारी छ ।

प्रकाशित : २०७८ बैशाख २३, बिहीबार २२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ