सप्तरीमा थप ५ कोरोना संक्रमितको ज्यान गयो


जनकपुरधाम : प्रदेश-२ का मा ४ सय ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ भने सप्तरीमा ५ जनाको ज्यान भएको छ ।

स्वास्थ्य निर्देशनालयले बिहीबार साँझ जारी गरेको रिपोर्ट अनुसार धनुषामा सबभन्दा बढी १ सय १७ जना संक्रमित भएका छन् ।

त्यस्तै महोत्तरी ७१, सिरहामा ५०, सप्तरीमा ४३, रौतहटमा ५, सर्लाहीमा १०, बारामा ३१, पर्सामा १११ र अन्य प्रदेशका ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणले गर्दा उपचारको क्रममा प्रदेशका सप्तरी जिल्लामा मात्रै ५ जनाको ज्यान गएको छ ।

निर्देशनालयका अनुसार राजविराज नगरपालिका ४५ वर्षीय पुरूष, खड्कपुर नगरपालिका ११ का ३६ वर्षीया महिला, हनुमानगर नगरपालिका २ का ४२ वर्षीय पुरूष, सप्तकोशी नगरपालिका १ का ५० वर्षीय पुरूष र छिन्‍नमस्ता गाउँपालिका ४ का ४८ वर्षीय पुरूषको उपचारको क्रममा ज्यान गएको हो ।

निर्देशनालयले जारी गरेको रिपोर्टमा पर्सा, रौतहट र धनुषामा गरि ७ जनाको मृत्यु भएको तथ्यांक समावेश गरिएको छैन ।

हाल प्रदेशमा ४६०२ सक्रिय संक्रमित मध्ये ४४०९ जना होम आइसोलेशन र १९३ जनाको विभिन्‍न संस्थागत अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार ०८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ