माधव नेपालले भने- ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपरौं


काठमाडौं : नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गरेका छन् ।

एमाले विभाजन रोक्न पहिलो र दोस्रो तहका नेताहरुबीच अनेकन प्रयास चलिरहेकै बेला नेता नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट गरेका हुन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त विज्ञप्ति राख्दै, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख गरेका छन् ।

नेपालले भनेका छन्, ‘हामी वार्ता र लचकता दुबै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’

नेता नेपालले आफूहरू नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमालेका पक्षमा रहेको भन्दै २०७५ जेठ २ को बटमलाइनमा सहमति नभएको स्पष्ट पारेका छन् । कार्यकर्तालाई कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन पनि नेता नेपालले आह्वान गरेका हुन् ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार १२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ