राष्ट्रियसभा उपचुनाव : ओलीको उम्मेदवार बादल, माधवको देवकोटा, बलियो को ?


काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा हुने निर्वाचनका लागि गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादल र खिमलाल देवकोटा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बादललाई उम्मेदवार बनाएका हुन् । बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

बादल एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ ।

अर्का उम्मेदवार देवकोटा भने एमालेकै माधव नेपाल पक्षका उम्मेदवार हुन् । उनलाई नेपाली कांग्रेस र माओवादीले पनि समर्थन गरेका छन् ।

देवकोटाको उम्मेदवारी मनोनयनका बेला एमालेको माधव नेपाल पक्षका नेताहरु नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेललगायत पनि आयोग कार्यालय पुगेका थिए ।

बादल भने सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका थिए ।

एमालेका मत विभाजित हुँदा अन्य दलसहित मिलेकाले बादल भन्दा देवकोटा बलियो देखिएका छन् ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार १३:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ