जनकपुर : शौचालयमा फसेको साँढेलाई यसरी उद्धार गरियो


टुडेखोज, जनकपुरधाम : सामाजिक सञ्जालको प्रभावले शौचालयमा फसेको साँढेको उद्धार गरिएको छ ।

जनकपुरस्थित कदम चोकस्थित एक व्यक्तिको शौचालयमा साँढे फसेको थियो । साँढे शौचालयको हदबाट खुट्टा निकाल्न कति प्रयास गरे तर निस्किन सकेन । साँढेको पीडा देखेपछि पत्रकार मनोज मोरबैताले तस्विर कैद गरेँ र फेसबुकमा हाले ।

केहिबेरमै पत्रकार मोरबैताको तस्विर सामाजि सञ्जालमा भाइरल भयो । तत्कालै जनकपुरधाम उपमहानगरपालिकाले जेसिबी लिएर उद्धारकर्मीलाई पठायो । प्रहरी पनि आइपुग्यो । स्थानीयको सहयोगले प्रहरी र उपमहानगरपालिकाको उद्धारकर्मीहरु साँढेको उद्धार गर्न सफल भएको छ ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ