रेडियो नेपालमा कार्यरत सप्तरीका इन्जिनियरको कोरोनाबाट निधन


टुडेखोज, जनकपुरधाम : रेडियो नेपालमा कार्यरत सप्तरीका एक इन्जिनियरको कोरोनाबाट निधन भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका ३० वर्षीय इन्जिनियरको कोरोनाबाट निधन भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनीयर पदमा कार्यरत थिए ।

उनको कोरोना पोजेटिभ रिपोर्ट केहिदिन अगाडी पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था बिग्रेपछि जिल्ला अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको निधन भएको बुझिएको छ ।

मृतक इन्जिनियरको शव आजै नेपाली सेनाले व्यवस्थापन गर्ने बुझिएको छ ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ