कोरोना संक्रमित साँसदको संख्या २५ पुग्यो, कर्मचारी, पत्रकार र सुरक्षाकर्मी पनि संक्रमित


टुडेखोज, काठमाडौं : कोरोना संक्रमित हुने साँसदको संख्या २५ पुगेको छ । वैशाख २७ मा बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा सहभागी हुन कोरोना परीक्षण गराउँदा १४ साँसदमा पुष्टि भएको हो ।

यसअघि नै ११ साँसद कोरोना संक्रमित भइसकेका छन् । उनीहरुमध्ये केहि होम आइसोलेशनमा छन् भने केहि अस्पताल भर्ना भएको बुझिएको छ ।

सचिवालय स्रोतका अनुसार बुधबार संसद भवन पुगेर कोरोना परीक्षणका लािग ६१३ जना स्वाव दिएका थिए । जनामध्ये ६५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना कर्मचारी, केहि पत्रकार र सुरक्षाकर्मी पनि छन् ।

१४ साँसदमध्ये एमालेका ८, कांग्रेसका २ र जसपाका ४ जना रहेका  छन् । संक्रमित साँसद संसदमा उपस्थिति हुन पाउने÷नपाउने विषयमा अहिलेसम्म केहि निर्णय गरिएको छैन ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ