चीन सरकारद्वारा नेपाललाई २० हजार अक्सिजन सिलिण्डर सहयोग


काठमाडौं : चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ ।

सरकारले २० हजार अक्सिजन सिलिण्डर किन्नको लागि चीनसँग कुटनीतिक पहल गरेको थियो । तर चीनले भने अनुदानमा दिएको हो ।

पहिलो लटमा ४०० अक्सिजन सिलिण्डर ल्याइन लागेको छ । थप १६ सय सिलिण्डर जहाजबाट नेपाल ल्याइनेछ भने१८ हजार सिलिण्डर सडकमार्ग हुँदै नेपाल ल्याइनेछ ।

सिलिण्डरसहितका स्वास्थ सामाग्री ल्याउन२७ गते वाइडबडी जहाज बेइजिङ जाँदैछ ।

प्रकाशित : २०७८ बैशाख २५, शनिबार १३:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ