संक्रमितलाई अस्पताल पुर्याउन आफू चढ्ने गाडी दिने मेयर बरबरियाको घोषणा


सिबेन्द्र रोहिता, जनकपुरधाम :

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारघ गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्स नभेटिरहेको अबस्थामा मेयर बरबरियाले यस्तो घोषणा गरेका हुन् । उनले आज विज्ञप्ती जारी गरेर संक्रमितलाई अस्पताल पुर्याउन आफू चढ्ने गाडी दिने जानकारी दिएका छन् ।

जनताको सुरक्षालाई सर्वोपरी मानेर एम्बुलेन्सको रुपमा आफ्नो गाडी संक्रमितका लागि प्रयोग गर्नदिने र आफू नीजि सवारी चढ्ने मेयर बरबरियाले बताए ।

उनले एम्बुलेन्सको आवश्यकता परेमा जतिबेला पनि सम्पर्क गर्न नगरवासीसंग अनुरोध पनि गरेका छन् ।

प्रकाशित : २०७८ बैशाख २५, शनिबार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ